सामुदायिक मेलमिलापकर्ता समाज सिएमसी नेपाल नवलपरासीको ९ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न
नवलपरासी/सामुदायिक मेलमिलापकर्ता समाज सिएमसी नेपाल नवलपरासीको ९ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन आइतबार परासीमा सम्पन्न भएको छ । सिएमसी नेपाल नवलपरासीका अध्यक्ष नारायण अधिकारीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नगेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथी नगर प्रमुख अग्रहरीले मेलमिलापको अवधारणा नेपालको सन्दर्भमा निकै उत्कृष्ट भएको र यसले समाजमा भैपरि आउने स साना विवाद देखी ठुला विवाद सम्म निकै सहजता पुर्वकले कसैको पनि हार नहुने गरि मेलमिलाप गराउदै आइरहेको जिकिर गर्दै हाल स्थानिय तहमा न्यायिक समिति गठन भई केही विवादहरु हेर्ने जिम्मा पाएपनि सबैको सहकार्यबाट नै सो अवधारणा पुरा गर्ने र सामुदायिक मेलमिलापलाई निरन्तरता दिदै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा अध्यक्ष नारायण अधिकारीले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै समाजले सञ्चालन गरेका कार्यक्रमहरु, विभिन्न गतविधिहरु र प्राप्त उपलब्धी, मेलमिलाकर्ताहरुको समस्या र चुनौती र आागमी कार्य योजना सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सुनवल नगरपालिका न्यायिक समितिकी सदस्य तुलसी ज्ञवली, नेपाल बार एशोसिएशन नवलपारासीकी जिल्ला सदस्य सरस्वती शर्मा, समाजका केन्द्रिय सदस्य नगेन्द्र प्रसाद यादव, पत्रकार कृष्ण ढकाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । समाजकी उपाध्यक्ष आरधना भट्टको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समाजका सचिव दयानन्द चौधरीले गर्नुभएको थियो । सो अवसरमा सम्पन्न अधिबेशनले आगामी दुई बर्षका लागी नारायण अधिकारीको अध्यक्षतामा १५ सदस्यिय नया कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आराधना भट्ट, सचिव दयानन्द चौधरी, कोषाध्यक्ष कमला सुवेदी, सहसवि आनन्दनन्द मिश्र रहनुभएको छ भने सदस्यहरुमा लक्ष्इमी देवी ढकाल, सिता शर्मा, ज्ञानचन्द्र यादव, सदानन्द पाण्डे, महादेव गुरौ लगाएत रहनुभएको समाजले जानकारी गराएको छ ।













