रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयद्धारा डेढ करोड बढिको चन्दा बोल तयारी तिव्र
कौरव खत्री/गुल्मी-बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयले आर्थिक सहयोग संकलनबाटै डेढ करोड भन्दा बढिको आर्थिक संकलन सगै तयारीलाई तिव्रता दिएको छ ।प्रविधियुक्क्त गुणस्तरीय शिक्षा सुदृढ भौतिक पूर्वाधार हाम्रो इच्छा” भन्ने मुल नारा सहित गलकोट नगरपालिका ११ रिघा स्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ६० औ बर्षमा प्रवेश गरेको अवसरमा आउँदो मंसिर २५देखि २९ गतेसम्म विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु सहित विद्यालयमा हिरक महोत्स हुन गइरहेको छ ।
आइतवार विद्यालयमा बसेको बैठकले महोत्सवलाई व्यवस्थि तगर्नका लागि आ आफ्नो जिम्मेवारी पूरा गर्ने र विभिन्न संघ संस्थाहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ । सोही अवसरमा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा,विद्यालयका पूर्व प्रधानाध्यापक दामोधर शर्मा र पूर्व गाविस उपाध्यक्ष गंगा भूजेल लगायतले महोत्सवलाई थप व्यवस्थित बनाउनु पर्नेमा सुझाव दिएका थिए । आइतवारसम्म विद्यालयको लागि विभिन्न व्यक्ति तथा संघ संस्था समेतबाट गरि हालसम्म १ करोड, ५१लाख चन्दा बोल भएको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयका शिक्षक एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक नारायण पौडेलले जानकारी दिए ।बैठक हिरक महोत्सव मुल कार्य समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक तुल बहादुर श्रीसले गरेका थिए । २०१६सालमा स्थापना भइआएको यतिबेला विद्यालयले हीरक महोत्सवको तयारीसँगै आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ ।












