नवलपरासीको सरावल बासाबसही प्रहरी चौकीमा निर्माण हुन लागेको कम्पाउड गेटको  शिलान्यास

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको सरावल १ मा अवस्थित बासाबसही प्रहरी चौकीमा निर्माण हुन लागेको कम्पाउड गेटको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । निर्माण समितिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले सो गेटको शिलान्यास गर्नुभएको हो । सो अवसरमा गेटको शिलान्यास गर्दै अध्यक्ष चौधरीले सरावल गाउपालिकालाई सबै तिरबाट बलियो बनाउन, विकसित तुल्याउन र गाउपालिका भित्रका जनताको सुरक्षा ब्यवस्थाको जिम्मा लिएका संघ सस्थालाई सहयाग गर्न सरावल गाउपालिकाले कुनै कसर बाकी नराख्ने बताउदै अध्यक्ष चौधरीले यस किसिमका जुन सुकै बिकासका लागि पनि सरावल गाउपालिका सदैव तत्पर र तैयार रहने बताउनुभयो ।

सो अवसरमा बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर बिकको प्रशंसा गर्दै प्रमुख अतिथि चौधरीले उहाँले यस बासाबसही प्रहरी चौकीमा आएदेखी यस क्षेत्रका बासिन्दाहरु खुसी हुदै शान्ति सुरक्षाको महसुस गरेको बताउदै विककै पालामा बासाबसही प्रहरी चौकीको परिसरमा प्रतिक्षालयको निर्माण कार्य सम्पन्न भएको, चौकी परिसरमा वाईफाईको सुविधा प्रदान गरिएको साथै प्रहरी चौकीदेखी राजर्माग केन्द्रित बासाबसही चोक सम्म सिसि क्यामराको जडान कार्य समेत सम्पन्न भएको बताउनुभयो । अध्यक्ष चौधरीले गाउपालिकाको चौतर्फी विकासको आफु लागि परेको भन्दै आगामी दिनहरुमा पनि केही समस्या आएमा सो समस्याको पहिचान गरि जानकारी गराउन आग्रह गर्दै समस्या समाधानका आफुले सदैव सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरी, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हिमाल केसी लगाएत स्थानिय राजनिति दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधी, समाजसेवी, महिला, युुवा लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन निमार्ण समितिका सचिब हरि ढकालले गर्नुभएको समितिका सल्लाहकार सयाेंजक नारायण पान्डेले जानकारी दिनुभएको छ ।