मनकामना युवा क्लबद्वारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रकाशित मिति:

बुटवल/ मनकामना वहुउद्देश्यी युवा क्लब बुटवलले शिवकुमारी सैंजू बृद्धाश्रम बुटवल पाखापानीलाई खाद्यान्न सहयोग गरेको छ । साथै क्लबले त्यहां आश्रय लिएर बसेका बृद्धबृद्धाको स्वास्थ्य चेकजांच समेत गरेको छ । तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट क्लबले बृद्धाश्रमलाई सहयोग गरेको हो । क्लबका कार्यबाहक अध्यक्ष सुर्यबहादुर गुरुङको अध्यक्षता,सचिव विवेक थापा सञ्चालन र चेतन ठाडा मगरको स्वागतमा भएको कार्यक्रमको संयोजन संजोक थापा मगरले गरेका थिए ।

बुटवल सामुदायिक वन उपभोक्ता समूहका कार्यवाहक अध्यक्ष हिक बहादुर दर्लामीमगरको प्रमुख आतिथ्यता र नमस्ते किड्स नेपालकी अध्यक्ष सरु थापा मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेम दंगाल, तेजबहादुर पुन,शेरबहादुर थामी लगायतले क्लबले मानवीय सेवा भावसहित गरेको सामाजिक कामको सराहना गरेका थिए