गोपिकृष्ण रेग्मी – स्याङजाको चापाकोट नगरपालिका वडा नं.९मा रहेको उत्तरगंगा मन्दिर परिसरमा गण्डकी वाङमय प्रतिष्ठान चापाकोटको प्रथम अधिवेशन तथा साहित्यक गोष्ठी हुने भएको छ । संस्थाको प्रथम अधिवेशन तथा साहित्यक अनुसन्धानात्मक तथा सिर्जनात्मक संघ गोष्ठी गर्न लागिएको संस्थाका अध्यक्ष प्रा.डा.बासुदेव भण्डारीले बताउनु भयो । साहित्यक लेखन कला तथा नव प्रतिभालाई खोजी गर्नका लागि संस्थाले यहि पुष महिनाको २६ र २७ गते कार्यपत्र प्रस्तुत तथा प्रशिक्षण गर्न लागिएको संस्थाका उपाध्यक्ष गितानाथ खनालले जानकारी दिनुभयो । किर्तिपुरका प्रा.डा. लक्ष्मण गौतमले नव प्रतिभा तथा लेखकहरुलाई कार्यपत्र प्रस्तुत तथा प्रशिक्षण दिनुहुने छ ।












