सुर्खेत /आवाज संस्था सुर्खेतको वार्षिक समीक्षा सम्पन्न भएको छ । मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै संस्थाले सन् २०१९ मा गरेका कामहरुका बारेमा जानकारी दिएको हो । महिला तथा बालबालिकाको न्यायमा पहुँच कायक्रम लागु भएका कर्णाली प्रदेश तथा ५ प्रदेशका केहि जिल्लामा लागु गरिएको कार्यक्रमका उपलब्धि, चुनौती र आगामी कार्ययोजनाका बारेमा जानकारी दिइएको थियो ।
संस्थाले महिला र बालवालिकालाई न्यायमा पहुचको लागि संरक्षण संयन्त्र संरचनाको सहजिकरण गर्ने काम गदै आएको छ । संस्थामा कार्यरत सुशील कार्कीका अनुसार संस्थाले सुर्खेत, कालिकोट, दैलेख संगै प्रदेश नं ५ अन्तरर्गत बर्दिया र काठमाडौंको बुढानिलकण्ठमा समेत काम गर्दै आएको छ ।
कार्यक्रमको गत बर्षको कुल बजेट ५५ लाख ४२ हजार ७ सय ५५ रहेको थियो । उक्त बजेटका आधारमा पञ्चपुरी नगरपालिकाको वडा १ देखी ६ नम्बर वडामा महिला, लक्षित तथा बालबालिका तथा युवाहरुको लागि क्षमता विकास र सीप विकासमा कार्यक्रम गर्दै आएको संस्थाकी निर्देशक पवित्रा शाहीले बताइन् ।दैलेखको दुल्लु नगरपालिकाको वडा नं। ४, ५, १० र बर्दिया जिल्लाको बडयाताल गाउँपालिका वडा नं। १, २, ६ मा ‘बिहेवारी २० बर्ष पारी’ भन्ने मूल नाराका साथ काम गर्दै आएको छ ।सानो उमेर तथा जबरजस्ती हुने बाल बिवाह, महिला हिंसाका घटनाहरुलाई निर्मुल पार्नको लागि उक्त कार्यक्रमले सहयोग पुगेको शाहीको भनाई छ । बर्दियाकोे बडयाताल गाउँपालिकाको वडा नं।६ लाई बालबिबाह मुक्त समेत घोषणा गरिसकेको र उक्त वडामा बस्ने हरेक नागरिकले बिहे गर्दा गाउँपालिका बाट सिफारिस पत्र अनिवार्य लिनुपर्ने नीति पनि बनाएको कार्यक्रममा जानकारी गराइएको थियो । नेपाल सरकारले सन् २०३० मा बालविबाहलाई अन्त्य गर्ने लक्ष्यलाई साथ दिन यस्ता कार्यक्रमको आवश्यक पर्ने संस्थामा कार्यरत चेतन गिरीले बताए । नागरिकहरुको क्षमताको वृद्धि विकास, पिछडिएका व्यक्तिहरुको लागि ज्ञान, सिप प्रदान गरि समाजको सभ्य समाजको निर्माण गर्ने लक्ष्य संस्थाको छ ।












