चौराहा हस्पिटलद्वारा रक्तदान

प्रकाशित मिति:

बुटवल /बुटवल कालिकानगरस्थित चौराहा हस्पिटलले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालका डाक्टर र कर्मचारी गरी ४० जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले हरेक तीन–तीन महिनामा रक्तदान गर्दै आएको र त्यसलाई निरन्तरता दिइएको अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले बताए ।

अस्पताल नयां व्यवस्थापनमा आएपछि शुरु गरिएको रक्तदान कार्यक्रम यसपटक तेस्रोपटक गरिएको अध्यक्ष ज्ञवालीले बताए । यसअघि अस्पतालले डेंगु रोगको निशुल्क परीक्षण कार्यक्रम अन्तर्गत एक हजार जनाको निशुल्क डेंगु परीक्षण गरेको थियो ।