यस्तै रबैया देखाइ रहेमा अबको १० बर्षमा नेपालमा कम्युनिष्टको नामोनिशान रहँदैन : खाँड
असोज १३, भैरहवा/
पूर्व रक्षा मन्त्री बालकृष्ण खाँडले विश्वबाट कम्यूनिष्टहरु पतन भईरहेको अवस्थामा नेपालमा कम्युष्टको सरकारले यस्तै रबैया देखाइ रहेमा अवको १० बर्षमा नेपालमा कम्युनिष्टको नामोनिशान नरहने समेत बताएकाछन् । नेपाली काँग्रेस क्षेत्र नम्वर ३, रुपन्देहीले असोज १३ गते भैरहवामा आयोजना गरेको नेपाली काँग्रेसको ऐतिहासीक पृष्ठभुमि, सैद्धान्तिक पक्ष, तथा स्थानिय जनप्रतिनिधीको भूमिका विषयक एक दिवसिय बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। उनले कार्यक्रमका प्रमुख अतिथी एवम् पूर्व रक्षा मन्त्री बालकृष्ण खाँडले नेपाली काँग्रेस मासवेश पार्टी भएकोले काँगे्रसले जनप्रतिनिधी मालिक नभई सधै जनतालाई मालिक मान्दै आएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम कार्यक्रमका प्रमुख प्रशिक्षक जीवन परियारले नेपाली काँग्रेसले बृद्ध, क्यान्सर रोगी, स्पाइनल इन्जुरीका विरामीलाई दिने निर्णय गरेको मा कम्युनिष्ट सरकारले उक्त निर्णय उल्टाएर जनता प्रति अन्याय गरेको आरोप लगाए ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति एवम पुर्व राज्य मन्त्री अब्दुल रज्जाकले बर्तमान सरकारले देशमा आतँक मच्चाएको आरोप लगाउँदै यसरी जनतालाइृ आतँकित बनाउदै जाने सरकार आफै पतन भएर जाने जिकिर गरे ।
नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले ओली सरकार बहुमतको सरकार भए पनि नेपाल को इतिहासमा कमजोर सरकारको रुपमा परिचित भइसकेको बताउँदै यो सरकार हत्यारा र बलत्कारीलाई संरक्षण गर्नमा मात्र लागेको आरोप लगाए ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मातृका प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा पुर्व सभापति रामचन्द्र ढकाल, पूर्व केन्द्रिय सदस्य बाबुराम राना, प्रदेश सदस्य रमा अर्याल लगाएतले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन क्षेत्र नं ३ का सचिव शुशिल गुरुङ्गले गरेका थिए ।












