तिलोत्तमा परोपकार समाजले पृथ्वी जयन्ती मनायो

प्रकाशित मिति:

रुपन्देही स्थित मणिग्राममा राष्ट्रिय एकता दिवस मनाईएको छ । राज्यले राष्ट्र निर्माताको योगदानको अवमूल्याङ्कन गरे पनि जनस्तरमा राष्ट्रिय एकता दिवस मनाउदै २९८औं पृथ्वी जयन्ती मनाइयो । वाईसे र चौविसे लगायतका साना राज्य एकीकरण गरि राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदान स्मरण गरि त्यसैको जगमा देश अघि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए । कार्यक्रममा समाजसेवी रोमणि प्रसाद पाठक, शिक्षाविद डा गणेश प्रसाद पाठक, गिर्वाण माविका पुर्व प्रअ यज्ञ पुरुष गैह्रे लगायतले बोल्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष गणेश पाठकको अध्यक्षता भएको थियो भने ईश्वर पाण्डेले संचालन गर्नुभएको थियो ।