मगर साँस्कृती महोत्सव र १४ औँ खिचडी माघि महोत्सव  बर्दघाट नगरपालिकाको छुट्टा छ्ट्टै स्थानमा जारी 

प्रकाशित मिति:

रामु भुसाल / नवलपरासी माघे सक्रान्ति  दोस्रो मगर साँस्कृती महोत्सव २०७६ विहिबार दोस्रो दिन बर्दघाट १४ धर्मबस्तीमा जारी रहेको छ । महोत्सव मुल समितिका समयोजक रितमान कामुको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले राज्यले सबै भाषा, धर्म र सस्कृतीको पहिचानका लागी कसैलाई पनि भेदभाव नगरि समान ब्यवहार गरेको बताउदै नेपालको सविंधानमा विभिन्न जातिय आयोगहरु र भाषा आयोगहरु गठन गरिने उल्लेख भए अनुसार सविंधानत सो लागु गर्नुपर्ने बताउनुभयो । साथै उहाँले स्थानिय तहले शिक्षा निति निर्माण गर्दा विभिन्न भाषा, जाति र धर्मका बारेमा शिक्षामै उल्ेख गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासीका अध्यक्ष देवराज चौधरी, बर्दघाट वडा नम्बर १ का वडाध्यक्ष मोती लाल सुनार लगाएतले मन्तब्य राख्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विहिबार दोस्रो दिनको कार्यक्रममा राष्ट्रिय कलाकार लोक गायक डोलराज बारह घरे, डान्सर सुमी घर्ती मगरको प्रस्तुती रहेको थियो भने विभिन्न जिल्लाहरुबाट आएका विभिन्न विधा र जातजाति लगाएत मगर समुदायका कलाकारहरुले गायन, भजन, चुट्काका साथै स्थानियकलाकारहरुद्धारा मगर सासकृती गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । बर्दघाट बजार विकास समितिका अध्यक्ष एवं आयोजक समितिका सदस्य नरेन थापा मगरको स्वागत मन्तब्य रहेको औपचारिक कार्यक्रमको सञ्चालन महोत्सवका निर्देशक सन्तु गाहाले गर्नुभएको थियो भने सास्कृतीक कार्यक्रमको सञ्चालन नेपाल मगर संघ प्रदेश नम्बर ५ का अध्यक्ष एवं समाजसेवी प्रेम कामुले गर्नुभएको थियो । सो महोत्सवको अफिसियल मिडिया सामुदायिक रेडियो दाउन्ने बर्दघाट रहेको छ ।

त्यस्तै, ब्रह्म बाबा सामुदायिक विकास सस्था र सम्झना महिला समुह बर्दघाट १२ चौपत्ताको सयुक्त आयोजना १४ औँ खिचडी माघि महोत्सव २०७६ को अवसरमा आयोजित भलिबल प्रतियोगिता विहिबार पनि जारी रहेको छ । हमार भाषा, हमार पहिचान, सस्कृती बचावेके हमार अभियान भन्ने नाराका साथ बुधबार देखी सुरु भएको महोत्सवमा विविध कार्यक्रम अन्र्तगत २२ झमटा महिला समुहको सहभागिता रहेको थियो भने भलिबल प्रतियोगिता तर्फ आयोजक २ टिम सहित २४ वटा टिको सहभागिता रहेको छ । सो प्रतियोगितामा प्रथम, दिद्धिय र तृतिय हुने टिमलाई जनही ५० हजार, २५ हजार र १० हजार नगद सहित मेडल र प्रमाण पत्र समेत प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । खिचडी महोत्सवको पहिलो दिन बुधबार सम्पन्न भएको महिला रस्सा तानमा प्रथम हुनेले ४ हजार ५ सय, द्धितिय हुनेले नगद २ हजार, स्लो मोटरसाइक रेश अन्र्तगत प्रथम हुनेले ३ हजार, द्धितिय हुनेले २ हजार र झमटा प्रतियोगिता अन्र्तगत प्रति झमटा समुहलाई २ हजारका दरले प्रदान गरिएको ब्रह्म बाबा सामुदायिक विकास सस्थाका अध्यक्ष आशाराम चौधरीले जानकारी दिनुभएको छ ।