काठमाडौंः नेपाली कॉग्रेसका नेता डा शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन।

कोईरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए । डा. कोईरालाले नेपाली सेना मात्रै राजनितीक हस्तक्षेप हुनबाट बचेको बताउँदै सेनामाथी राजनिती नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । उनले यो सरकार भ्रष्टाचारको अखडा बनेको समेत आरोप लगाएका छन् ।
गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई संबोधन गर्दै डा. कोईरालाले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको बतााए । संगठनका बारेमा कुरा गर्नुहुदै डा. कोईरालाले पार्टीलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका भएपनी त्यस्ता ब्यक्तीलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद भिमसेनदास प्रधान, पुर्व सांसदहरु डा. शोभाकर पराजुली,डा रामचन्द्र अधिकारी, रामबहादुर गुरुंग लगायतले मन्तब्य राखेका थिए ।












