नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा तालबन्दी

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा तालबन्दी भएको छ । संघका सभापति नैनसिंह महरले विजयकुमार गच्छदार समुहलाई सहभागीता गराउने नाममा विधान विपरित नियुक्ति गरेको भन्दै असन्तुष्ट पक्षले कार्यालयमा तालबन्दी गरेको हो ।

पवन नेपाली, पंफा गान्धारी, ललिता सुनार, रेखा परियारलगायत केन्द्रिय सदस्यहरुले कार्यालयमा अनिश्चित कालका लागि ताला लगाएको विद्यार्थी नेता मोतीलाल भण्डारीले जनाकारी दिनु भयो । केन्द्रिय समितिमा मनोनयन गर्दा दलितहरुलाई नसमेटिएको भन्दै उनीहरुले तावालन्दी गरेका हुन् ।