नेपाली कांग्रेस प्रदेश न ५ संसदीय दलका नेता बलदेव शर्माको निधन प्रती सभापति भरत कुमार शाह द्धारा श्रद्धान्जली व्यक्त
बुटवल । नेपाली कांग्रेस का प्रभावसाली नेता सार्वजनिक लेखासमिति सभापति भरत कुमार शाह द्रारा प्रदेश न ५ नेपाली कांग्रेस सम्सदिय दल का नेता नेपाली कांग्रेस रुपन्देही का अभिभावक बलदेव शर्मा पोखरेलको निधन प्रती श्रदान्जली व्यक्त गर्नु भएको छ । शर्मा को असमाहिक निधन प्रती सिङ्गो कांग्रेस लाई अपुरणिय क्षति पुग्न पुगेको नेता शाह को भनाइ रहेको छ । शर्मा लामो समयदेखि क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा–१४, खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।
पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका हुन् । प्रदेशसभाकै ज्येष्ठ सदस्यसमेत रहेका पोखरेलको १९९४ साल माघ १९ गते प्युठानमा जन्मिएका हुन् । उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका थिए । उनी सो क्रममा २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेलसमेत बसे । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव बनेका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म भएका थिए ।












