रोट्रयाक्ट डाउनटाउनको क्लिन सिटि अभियान

प्रकाशित मिति:

बुटवल – रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले क्लिन सिटि रोट्र«याक्ट रेसपोन्सविलिटि अवधारणालाई अगाडि बढाई सफा सहर अभियान अगाडि बढाएको छ । बजारमा बढ्दै गएको जनघनत्व र शहरीकरणले बजारलाई दुसीत बनाउनबाट रोक्न र सहरलाई हराभरा बनाउन क्लबले यो अभियान अघाडि सारेको र जस अन्तर्गत क्लबले बुटवलका विभिन्न मुख्य चोकमा १५ वटा डस्टविन ( फ्रेमर सिक्री सहित ) जडान गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए ।

कार्यक्रममा क्लबका अध्यक्षले सहर सफा र हराभरा रहे आफु स्वस्थ्य रहन सकिने र यो हरेक नागरिक तथा संघसस्थाको कर्तव्य रहेको बताएका थिए । साथै सर्वसाधारणलाई बाटोमा हिड्दा फोहर बाटोमा जथाभावी नफालि डस्टविनको प्रयोग गर्न आग्रह गरेका थिए ।
क्लबले यसकार्यक्रममा ५५००० बराबरको डस्टविन जडान गरेको जानकारी गराउदैं उक्त कार्यको लागि सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुलसी घिमिरेले रोट्रयाक्ट बुटवल डाउनटाउनले उत्कृष्ठ कार्यक्रमहरुका साथ अगाडि बढेको र शहर सफा अभियान अन्यन्तै प्रभावकारी कायएक्रम रहेको जानकारी गराउदै क्लबको प्रशंसा गरेका थिए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारी, बाबुराम बञ्जाडे, राजिव गौतम, अजित घतानेले आनो भनाई राखेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक रामु बेलवासे र कार्यक्रमको संचालन कृष्ण घिमिरेले गरेका थिए ।