‘लागू औषध विरुद्ध महासंग्राम अन्तर्गत तिलोत्तमामा पहिलो बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न
बुटवल /राष्ट्र बनाउने आयो हामी सबैको पालो, दुव्र्यसनमुक्त समाज निर्माणार्थ हातेमालो’ भन्ने मुल नाराका साथ नमस्ते नेपाल रुपन्देहीको आयोजना हुन लागेको ‘लागू औषध विरुद्ध महासंग्राम–२०७६’ कार्यक्रम अन्तर्गत बुधबार तिलोत्तमामा पहिलो बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले लागु औषध दुव्र्यसन सभ्य समाजको बाधक हुने भन्दै यसका लागि सबैले जनचेतना फैलाउन आवश्यक रहेको बताए । दुव्र्यसनमुक्त समाज निर्माणको उदेश्यले युवा वर्गले थालेको यस अभियानलाई सबैले साथ दिनुपर्ने भन्दै नगरपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

इलाका प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले सभ्य समाज निर्माणको लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने भन्दै नागरिकहरुले पनि सभ्य समाज निर्माणको लागि हातेमालो गर्नुपर्ने बताए । आयोजक संस्थाका अध्यक्ष अर्जुन खरेलले लागु औषध दुर्वसनका कारण कैयौ युवाहरुको जीवन बर्वाद हुन पुगेको भन्दै भविष्यका कर्णधार युवाहरुलाई गलत बाटोमा जानबाट रोक्ने उदेश्यका साथ यो अभियान थालिएको बताए । रुपन्देही जिल्ला लागु औषध मुक्त जिल्ला बनाउने उदेश्य लिएर आफुहरु अगाडि बढेको उनको भनाई थियो । कार्यक्रममा तिलोत्तमा –२ का अध्यक्ष दधिराम गौतम , जनज्योति युवा क्लवका अध्यक्ष मित्रलाल न्यौपाने,संस्थाका सचिव निराजन लगायत विधार्थी प्रतिनिधि, टोल विकास समितिका पधादिकारिहरुले आ–आफ्नो भनाई राखेका थिए












