महोत्सबको शुरुवाती समयमा महोत्सब प्रति स्थानिय दर्शकहरुको सहभागिता निराशाजनक देखिएपछि महोत्सबलाई बन्द गर्ने सम्म सोंच बनाएको गैडहवा गाउपालिकाले ७ र ८ गते दर्शकहरुको भिड बढ्दै गएको देखेपछि गाउपालिकाले महोत्सबको समय थप्ने निर्णय गरेसंगै १० गते सम्म भनिएको महोत्सबको समयावधी १५ गते सम्म बनाईएको छ।
महोत्सबमा डुंगा मुख्य आकर्षण-गैहवातालको पर्या पर्यटनको प्रचार प्रसार र पर्द्धनका लागि संचालन गरिएको प्रथम गैडहवाताल महोत्सबमा गैडहवातालमा हालै संचालनमा ल्याइएको डुंगा शयर प्रति दर्शकहरु आकर्षित बनेको र दैनिक रुपमा स्थानिय र बाह्य गरी ७ देखि ८ सय पर्यटकहरु डुंगा शयरका लागि आउने गरेको ताल ब्यबस्थापक शैलेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएकोछ।गैडहवा गाउपालिकाले २० लाख खर्च गरेर गैडहवातालमा ४ वटा डुंगा गत माघ २६ गते देखि संचालनमा ल्याएकोछ।शान्तीका अग्रदुत गौतम बुद्धको जन्म स्थला लुम्बिनीसंग गैडहवाताललाई जोडेर गैडहवामा पर्यटक भित्र्याउने लक्ष्य सहित गैडहवामा जल पर्यटनको बिकास हुने गाउपालिकाले योजना बनाएको छ।












