नेपाल प्रहीले आफ्नो ६३ औं स्थापना दिवश रचनात्मक कार्यक्रम गरि मनाएको छ । दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालयले रुपन्देही र प्रहरी तालिम केन्द्रले सम्युक्त रुपमा अमर प्रहरी सम्मान कायृक्रम गरेका छन् । बुटवलमा भएको विशेष कार्यक्रममा प्रहरीहरुले खेलेको भुमिकाको चचाृ गदै अम्मर प्रहरीका परिवारलाई विशेष सम्मन गरिएको छ थियो ।
यसैविच जिल्ला प्रहरी कार्यालय नवलपुरले ६३ औं प्रहरी दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
जिल्ला प्रहरी तथा मातहतका कार्यलयमा रही उत्कृष्ठ कार्यसम्पादन गर्ने ११ जना प्रहरीकर्मचारीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो। कार्यक्रममा अमर प्रहरीका परिवारलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रहरी उपरिक्षक रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले राष्ट्र र जनताको सेवामा दिनरात खटिने प्रहरीले सत्य निस्ठापूर्वक काम गर्न कसैको दवावमा नपरिकन कानुनको अनुसरण गर्दै काम आग्रह गरे।कार्यक्रममा वन तथा वातावरण सुरक्षा गण हात्तिखोरका प्रमुख सेनानी रविन्द्र लुईटेल, राष्ट्रिय अनुसन्धान विभाग नवलपरासी पूर्वका उपअनुसन्धान निर्देशक उपेन्द्र रावत, जिल्ला न्याधिवक्ता देवेन्द्रराज नेपाल, स्थानीय संघसंस्थाको प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।










