रामु भुसाल/राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि नवलपरासीको संगठनात्मक एकता घोषणा कार्यक्रम बुधबार बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाटको नेकपा पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रेस विज्ञप्ती जारी गर्दै घोषणा कार्यक्रम सम्पन्न भएको हो । पुर्व नेकपा माओवादी र पुर्व नेकपा एमालेका युवा आवद्ध भातृ संगठनका युवा हरुको एककृत राष्ट्रिय युवा संघ नेपालको जिल्ला संयोजक युवराज डुम्रे र सहसंयोजमा दिपक राना मगर रहेको ७१ सदस्यिय जिल्ला कमिटिको घोषणा गरिएको हो ।

सो अवसरमा नवलपरासीका ७ वटै स्थानिय तहमा राष्ट्रिय युवा संघका संयोजक तथा सह संयोजकहरुको समेत नामावली घोषणा गरिएको थियो । जस्मा सुस्ता गाँउपालिका संयोजकमा ईश्वर प्रसाद उपाध्याय, सह संयोजक विनोद बानिया, प्रतापपुर गाउपालिका संयोजकमा राज कुमार हरिजन, सह संयोजक विजय चौधरी, बर्दघाट नगरपालिकाको संयोजकमा राजेश तिवारी सह संयोजक सन्तोष श्रेष्ठ, सुनवल नगरपालिकामा संयोजक राजु बस्याल सह संयोजक विनोद पाण्डे, सरावल गाउपालिकामा संयोजक विवेक भटराई सह संयोजक सुनु हजाम, रामग्राम नगरपालीको संयोजकमा जिवन भट्टाराई सह संयोजक सुरेन्द्र ठाकुर र पाल्हीनन्दन गाँउ पालीका संयोजक पुष्कर चौधरी सह संयोजक सुमित यादव रहनुभएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएको थियो ।

स्थानीय तहमा साबीक नेकपा एमाले निकट युवा संघ नेपालबाट ४ जना संयोजक र ३ जना सह संयोजक रहेका छन् भने साबिक नेकपा माओवादी निकट वाइसिएल नेपाल बाट ३ जना संयोजक र ४ जना सह संयोजक रहनु भएको छ भने जिल्ला कमेटीमा संयोजक सहित नेकपा एमाले निकट युवा संघ नेपाल बाट ३८ जना र सह संयोजक सहित नेकपा माओवादी निकट वाइसिएल नेपाल बाट ३३ जना रहेको जनाइयको छ । एकता प्रकिया सम्पन्न भई जिम्मेवारी प्राप्त गरेका जिल्ला कमिटी सदस्य तथा स्थानीय तहका संयोजक तथा सह संयोजकहरुलाई केन्द्रीय समितीसंग समन्य गरी सपथ ग्रहण गराउने जानकारी समेत गराइयको थियो । एकता घोषण कार्यक्रम जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी ९आजाद० को प्रमुख आतिथ्यता र सह संयोजक दिपक राना मगरको सञ्चालनमा सम्पन्न भएको थियो । सो कार्यक्रमा नेकपाका बिभिन्न तहका नेता, संघका पदाधीकारी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।












