भौतिक बिकाससंगै मानवीय बिकास गर्न जरुरी छ :  नगरप्रमुख कार्की

प्रकाशित मिति:

नरेश चौधरी/सैनामैना-भौतिक बिकाससंगै मानवीय बिकास भए मात्र समाज र राष्ट्र सु–संस्कृत, सभ्य र समृद्धि हुने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ ।सैनामैनामा आयोजित बाल संरक्षण समिति गठन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।यस्तै आजै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको संयोजत्वमा २१ सदस्यीय नगरस्तरीय बाल संरक्षण समिती गठन गरिएको छ ।

जसको सदस्यहरुमा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, स्वास्थ्य शाखाका हेमराज पन्थी, सामाजिक सुरक्षा शाखाका केशव अयार्ल, योजना शाखा अरुण खनाल, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका राज कुमार चापागाई इलाका प्रहरी सालझण्डीका प्रमुख कमल परियार, बाल क्लवका सरिता अर्याल, शिवु भण्डारी बाल गृहका तिलक शाही, मीना कण्डेल, शोभा वि।क, आदिवासी जनाजातिबाट जमुना थापा, टोल विकास सस्थाका निर बहादुर पुलामी, ज्ञान प्रसाद भट्टराई, पिताम्बर ज्ञवाली, रविलाल शर्मा महेश अधिकारी र सदस्य सचिबमा महिला तथा बालबालिका शाखा प्रमुख तुल्सी ज्ञवाली रहनु भएको छ ।