नेविसंघ महामन्त्री युवराज पाण्डेयलाई त्रिभुवन बहुमुखी क्याम्पस ईकाइ समिती द्धारा स्वागत
पाल्पा । नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयलाई नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस ईकाई समिति ले स्वागत एवम् सम्मान गरेको छ । ईकाई कार्यवाहक सभापति सुवास गैरे को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी युवराज पाण्डेय तथा विशिष्ठ अतिथी निवर्तमान केन्दिय सदस्य हरीवोल भट्राई जिल्ला का.वा सभापति सुरेश बोहोरा रहनु भएको थियो । कार्यक्रममा क्याम्पस ईकाई उपसभापति पुन्य सुवेदी को स्वागत मन्तव्य तथा युवराज बोहोराको कार्यक्रम सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका पुर्व ईकाई सभापति समेत रहेका युवराज पाण्डेयले लाेकतन्त्र र जनअधिकारकाे लडाइँमा सधैं अग्रपंङ्तिमा रहने त्रिभुवन बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले अब पुन जनतालाई शास्ति दिने र आफुहरु मस्तिमा रमाउने वर्तमान नेकपा सरकारका बिरुध्द सशक्त संघर्ष गर्नुपर्ने बताए। जनता महंगी र करकाे मारमा पर्ने सरकार भ्रष्टाचार र कमिशनमा लिप्त रहने अबस्थाकाे अन्त्यका लागि समाजका सचेत नागरिकका हैसियतले बिद्यार्थी समुदायले सरकारका गलत र स्वेच्छाचारी काम र निर्णयहरूका बिरुध्दमा मशाल बाेक्नुपर्ने आवश्यकता रहेकाे बताए।













