कोरोनावारे सचेत गराउदै माक्स वितरण

प्रकाशित मिति:

बुटवल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोकथामवारे जचेतना जगाउदै वुटवल ११ हात्तिसुढ स्थित हात्तिसुढ टोल विकास संस्थाले टोलमा करिव ५ सय माक्स वितरण गरेको छ । संस्थाका पदाधीकारीहरु घर घरमा पुगेर कोरोनावारे सचेत गराउदै माक्स वितरण गरेका थिए । कोरोना फैलिन नदिनको लागी सरकार लक डाउन गरिएको र लकडाउनको अवस्थामा घर वाहिर ननिस्कन सुझाव दिईएको थियो । टोल विकास संस्थाका अध्यक्ष भिमसेन श्रेष्ठले संस्थाको आफ्नै श्रोतबाट मास खरिद गरी वितरण गरिएको जानकारी दिए । बुटवल उपमहानगरपालिकाबाट निस्कने फोहरमैला व्यस्थापन क्षेत्रको प्रभावित क्षेत्र भएकाले त्यहा फोहरबाट संक्रमण फैलिन सक्ने भन्दै स्थानिय त्रसित भएका छन । उनिहरुले प्रभावितहरुलाई बुटवलउपमहानगरवाट कुनै शुरक्षाको व्यवस्था नगरेको भन्दै गुनासो समेत गरेका छन ।