गल्याङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष महेश भट्टराई द्धारा सहयोग बितरण ।

प्रकाशित मिति:

सबिन डोटेल । गल्याङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष महेश भट्टराईले देशमा कोरोना भाइरसको कारणले गर्दा दिनहु काम गरि खाने अर्थात श्रमिक बर्गहरुमा संकट उत्पन्न भएको बताउनु भएको छ । आज लकडाउनको पाँचौ दिन वडा अध्यक्ष भट्टराईले आफ्नो वडामा रहेका ५ श्रमिक परिवारलाई खाद्यन्न सामाग्री बितरण गर्दै ,यो अबधी भर यदि खाधन्नको अभावमा कोहि रहनु पर्ने अवस्थामा गल्याङ न पा वडा न ३ का कोहि पनि जनता भोकै बस्नु नपर्ने भन्दै सिधै आफुलाई सम्पर्क गर्नु हुन अनुरोध गर्न भएको छ । वडा का जनता लाइ यो लक डाउन मा कुनै समस्या परेमा र कोरना सम्बन्धि रोगको उपचारको लागी आवश्यक परेको खण्डमा आफ्नो यातायात गाडी नं ग २ च ३०५१ जिप पनि निशुल्क उपलब्ध गराउने र कसैलाई समस्या परेमा आफ्नो सम्पर्क नं ९८५६०५०१८९ मा फोन गर्न समेत वडाबासीलाई अनुरोध गरेको जानकारी गराउनु भएको छ । उहांले वडा बासिहरुलाई लक डाउन को सम्पुर्ण नियम पालन गरि रहनु भएकोमा धन्यवाद व्यक्त गर्दै । सचेत रहन समेत आग्रह गर्नु भएको छ ।