रुपन्देही तिलोत्तमा ९ स्थित सम्झना परिवार क्लब मंगलापुरले कोरोना भाइरस (कोभिड१९) ले अक्रान्त बनाइरहेको अवस्थामा आम जनमानसको स्वास्थ्यको लागि खटिरहेका सुरक्षाकर्मीको स्वास्थ्यलाइ मध्यनजर गर्दै आवश्यक पर्ने सामग्री सेनिटाइजर,ह्यान्ड ग्लोब्स,साबुन,माक्स र शुद्ध पिउने पानी जस्ता सामान क्लब अध्यक्ष धिरज पुन निवर्तमान अध्यक्ष खेमेन्द्र राना बरिस्ठ सल्लाहकार सुशील घिमिरे सल्लाहकार टेका प्रसाद अर्याल सथै अन्य पदाधिकारिको उपस्थितिमा इलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज लक्ष्मण थापालाई हस्तान्तरण गर्नुभएको थियो सो कार्यक्रमको संयोजन यज्ञ मुर्ति न्यौपाने र संचालन सचिन घिमिरेले गर्नुभएको थियो।












