खड्कदेवी युवा क्लवद्धारा माक्स र सावुन वितरण

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी –गुल्मीको मुसिकोट नगरपालिका २ स्थित खड्कदेवी युवा क्लवले विभिन्न वडामा माक्स र सावुन वितरण गरेको छ ।आफू पनि बचौ अरुलाई पनि बचाउ’ भन्ने अभियान मार्फत आर्थिक संकलन जुटाएर विश्व भर फैलिएको महामारी कोभिड १९कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण बच्नका लागि जनताहरुलाई साविकको मुसिकोट गाविसका वडा नं.५मा १सय ७० पिस सावुन,वडा नं.७ मा २सय,६० पिस, वडा नं.८ मा १सय,९० पिस,र वडा नं.९मा १सय ४४पिस गरि जम्मा ७सय,६४ पिस हात धुने सावुन प्रतिघरपरिवार २ वटाका दरले साविक वडाका एक-एक व्यक्तिहरुलाई वितरण गर्न जिम्मा दिएको खड्कदेवी युवा क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।

साथै क्लवले गत आइतवार र सोमवारका दिन साविकको वडा नं. ६ का नागरिकहरुलाई ९सय माक्स र ४सय पिस हात धुने सावुन वितरण गरिसकिएको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।साथै कोभिड १९कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण र यसबाट बच्नका लागि स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव १लाख ३५ हजार आर्थिक संकलन जुटेको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।