राप्ती गाउँपालिकाले आर्थिक अवस्थाका आधारमा राहत वितरण गर्ने

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङ-दाङको राप्ती गाउँपालिकाले कोरना संक्रमण रोकथामका लागि लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने भएको छ ।दैनिक आयस्रोत कम भएका, समाजमा गरिव परिवारमा पर्ने, दैनिक गुजाराको लागि लगडाउनले प्रभाव पारेका नागरिकहरुलाई न्युनतम आवस्यकता अनुसार राहतको ब्यवस्था मिलाईएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

प्रबक्ता विद्याशरण चौधरीका अनुसार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा बसेको विपद न्यनिकरण तथा प्रति रक्षासमितिको बैठकले नौ वटै वडाका गरिव विपन्न परिवारको पहिचान गरि खाद्य तथा सरसफाई सामाग्री उपलब्ध गराउने निर्णय गरि कार्यान्वयन सुरु गरिएको छ ।
सरकारको निर्णय, जिल्ला स्तरिय निर्णयलाई आधार बनाएर विश्व ब्यापी तथा राष्ट्रिय विपक्तिमा सरकारको निर्णयलाई पालना गर्दै सहयोग गर्ने हरकोहिले सरकारको तर्फवाट केहि न केहि पाउने साथै बाहिर वाट आउने हर कोहिला ई क्वारेन्टाइनमा राख्न सुरु गरिएको समेत चौधरीले बताउनु भएको छ