बाबुराम थापाका परीवारलाई उचीत क्षतीपुर्तिदिन नेका पाल्पा रुपन्देही सम्पर्क समीतीको माग
बुटवल । केहि दिन अघि बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाल्पाका बाबुराम थापाको उपचार अभावमा मृत्यु भएको भन्दै नेपाली कांग्रेस पाल्पा रुपन्देही सम्पर्क समितिले उचित क्षतिपुर्तिको माग गरेको छ । उनको रिर्पोटमा कोरोना भाईरस नेगेटिभ देखिएपछि उक्त अस्पतालमा किन लगिएको भन्ने प्र्रश्न गंभिर रुपमा उठेको भन्दै उनको मृत्युको कारण दिन नसक्ने अस्पताल प्रशासन एवं प्रदेश र स्थानिय सरकारको गंभिर लाहप्रर्वाहि देखिएको आरोप उसले लगाएको छ ।
अध्यक्ष सुरेश पौडेल द्धारा विज्ञक्ती जारी गर्दै तत्काल पिडित परिवारलाई उचित क्षर्तिपुर्ति दिन जोडदार माग गरिएको छ । आर्थिक हिसावले समेत निकै कमजोर परिवार त्यसमाथी सबैलाई पाल्ने अभिभावक गुमाएको र वच्चाहरुको समेत विचल्ली भएकोले तत्काल यो विषयमा सरकारी सम्वेदनशिलता देखिन जरुरी रहेको विज्ञक्तीमा भनिएको छ ।












