श्री राम जनकी शिव मन्दिर ,सम्झना परिवार क्लब र नारी जागरण धार्मिक समुहद्धारा सहयोग हस्तान्तरण
तिलोत्तमा ९ श्री राम जनकी शिव मन्दिर ,सम्झना परिवार क्लब र नारी जागरण धार्मिक समुह मंगलापुरबाट संयुक्त रुपमा मँङलापुर बसोबस गर्दै आउनु भएका अति नै विपन्न परिवारहरु लाई खाद्यान्न राहत सामग्री वितरण गरियको थियो स्थानिय निकायको मापदण्डअनुसार ५२ घरपरिवारलाइ करिब ५०००० बराबरको राहत सामजिक दुरि राखी फोटो रहित तरिकाले तिलोत्तमा वडा न ९ का अध्यक्ष नारायण न्यौपाने एवम मन्दिर समिति अध्यक्ष खेमेन्द्र राना क्लब अध्यक्ष धिरज पुन र आमा समूह अध्यक्ष दिपा शर्माको उपस्थितिमा वितरण गरिएको थियो साथै कार्यक्रमको संयोजन टेकराज अर्यालले गर्नु भएको मन्दिर समिती सदस्य सचिन घिमिरेले जानकारी दिनुभयको थियो।












