चुत्र महत/भीरकोट –विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरस कोभीड १९ ले त्रसित गराइरहेको वेला भीरकोट नगरपालिकाको दैवीक प्रकोप व्यवस्थापन कोषमा राहत प्रदान गर्नेहरुको सख्यामा वृद्धी भएको छ । हाल सम्म दैवीक प्रकोप व्यवस्थापन कोषमा राहत प्रदान गर्नेहरुमा कुरुङ्ग वयरघारी युवा क्लव वाट रु ६०,०००।,भीरकोट उद्योग वाणिज्य संघ भीरकोटवाट रु ५०,०००।, मुस्लीम समाज भीरकोट नगरपालिका वडा न. २ धुव्रदेउरालीवाट रु ३०,०००।,दिनेश कर्माचार्य वयरघारीवाट रु ३०,०००।,गोविन्द कुमार कर्माचार्यवाट रु २५,०००।,तोयनाथ अर्यालवाट रु २०,०००।,स्याङ्जाको वयरघारीमा प्रधान कार्यालय रहेको आँधिखोला लघुवित्त सस्था लिमिटेडले २०,०००।, चिन्तामणी चापागाईवाट २०,०००।, नारायण प्रसाद श्रेष्ठवाट २०,०००।, प्रकाश कोइरालावाट ११,१११।,जगन्नाथ अर्यालवाट रु ११,१११।,क्षेत्र वहादुर थापावाट रु १०,०००।, डवल प्रसाद रेग्मीवाट १०,०००।, वासुदेव कोइरालावाट ६,५००।, पदमपाणी अर्यालवाट ५,५५५।, ढाकाराम खनालवाट ५,५५५।, शिव अर्यालवाट २,०००।, याम वहादुर खत्रीवाट २,०००। वयरघारी पिस यूथ कल्व वयरघारीवाट ३०,०००। वरावरको खाद्यान्न, भीरकोट जेसिस भीरकोटवाट २०,०००। वरावरको खाद्यान्न र समाजसेवी चेत कुमारी भुषालवाट ५,०००। वरावरको चामल भीरकोट नगरपालिकामा रहेको दैवीक प्रकोप व्यवस्थापन राहत कोषमा जम्मा गर्ने गरी नगर प्रमुख लाई प्रदान गरेका छन् ।
राहत रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले कोविड १९ को संक्रमणवाट वच्नको लागी नेपाल सरकारले लक डाउन गरीरहेको छ । यस अवस्थामा गरीव विपन्न वर्गलाई विहान वेलुका छाक टार्न गाह्रो हुने भएकाले सम्वन्धीत वडा र वडाका टोल संयोजकहरुको सिफारीसका आधारमा नगरपालिकाले एकद्धार प्रणाली वाट राहत वितरण गर्ने भन्दै हरेक महानुभावहरु र विभिन्न संघ सस्थाले प्रदान गरेको राहत लक डाउन वाट प्रभावितहरुका लागी वितरण गर्ने वताउनुभयो । साथै सानो सानो सहयोगले कोभीड १९ वाट प्रभावित व्यक्तिहरुको दुखमा मलम लगाउन सकिने भएकाले सवैले आ—आफ्नो ठाउवाट सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।
नगरपालिकामा आउन समस्या हुनेहरुले नगरपालिकाको दैवीक प्रकोप व्यवस्थापन कोषको ग.७—२—१०६००१००२७२७८ खाता न. मा रकम जम्मा गरी भौचर नगरपालिकामा वुझाउन आग्रह गर्दै कोभीड १९ अथवा अन्य प्रकोप वाट नगरवासीलाई कुनै समस्या परेमा भीरकोट नगरपालिकाको पैसा नलाग्ने फोन न. १६६०६३४२१७७ मा फोन गर्न आग्रह गर्नुभयो । भीरकोट नगरपालिकाको दैवीक प्रकोप व्यवस्थापन कोषमा आज सम्म खाद्यान्न सहित रु ३,८४,८३२। रकम जम्मा भएको नगर प्रवक्ता दिपेन्द्र केसीले वताए ।












