शहिद विष्नु प्रसाद पाण्डेको १४ औँ स्मृति दिवस सुनवल १३ बडेरामा आइतबार मनाइएको छ । शहिद विष्नु पाण्डे स्मृती प्रतिष्ठानका अध्यक्ष लोक बहादुर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजदको विशेष उपस्थितीमा वडाध्यक्ष थमन नेपाली, नारायण पाण्डे, पारिवारिक सदस्य शहिद पाण्डेका दाजु लक्ष्मी पाण्डे लगाएत पारिवारीक सदस्यहरुको उपस्थितीमा शहिद विष्नु पाण्डेको स्मृती गरिएको छ ।
विगतका बर्षहरुमा औपचारिक कार्यक्रम गरि सो प्रतिष्ठानले शहिद पाण्डेलाई सम्झिने गरेकोमा यस बर्ष भने कोरोना भाइरसले गर्दा विषम परिस्थिती सृजना भएको हुदा पारिवारिक उपस्थितीमै सो दिवस मनाइएको हो । शहिद विष्नु पाण्डे २०६२, ६३ को लोकतान्त्रि जनआन्दोलनमा चैत्र ३० गते परासीको बुद्ध चोकमा आन्दोलनका क्रममा शहिद भएका थिए । उक्त कार्यक्रमा बोल्दै प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले नेपालमा गणतन्त्र स्थापना शहिदहरुकै कारणले भएको र सो आन्दोलनका शहिदहरुको सपना अझ पनि पुरा नभएको जिकिर गर्नुभयो ।प्रतिष्ठानले शहिद विष्नु पाण्डेको स्मृतीमा सुनवलको बनकट्टीमा १५ विघा क्षेत्रफल सहितको प्रतिष्ठान निर्माण गरेको छ । शहिद विष्नु पाण्डेका एक श्रिमति, एक छोरा र दुई छोरी रहेका छन ।












