कमल चौधरी /कपिलबस्तु-कपिलबस्तुमा मंगलबार राती परेको हावाहुरी सहितको पानीले लाखौं मूल्य बरावरको काँचो ईट्टामा क्षती पु¥याएको छ ।
कपिलबस्तुको विभिन्न स्थानमा आएको हावाहुरी सहितको पानीले ईट्टा उद्योगमा ठुलो क्षती पु¥याएको हो । यसरी विभिन्न समयमा भएको बेमौसमी बर्षाका कारण यस पटक लाखौं मूल्य बराबरको क्षती पु¥याएको ईट्टा ब्यवसायीहरुले बताएका छन् । उनिहरुले यस बर्ष कामदार र उद्योगीलाई समयले साथ नदिएको गुनासो सुनाए । बेमौसमे बर्षाको कारण यस बर्ष उद्योगीहरु ठुलो नोक्सनी व्यहोर्नु परेको ईट्टा ब्यावसायी कृष्ण पोख्रेलले बताए । उनले मंगलबार राती परेको पानीले पनि ईट्टा उद्योगमा ठुलो परिणममा काचों ईट्टा नोक्सान भएको जानकारी दिए ।

त्यस्तै सेभेन स्टर ईट्टा उद्योगक व्यवस्थापक मनोज चौधरीले हावाहुरी सहितको पानीले हिजो ४ लाख बरावरको काँचो ईट्टा नष्ट भएको जनकारी दिए । बुद्धभुमी नगरपालिका–८ हरिहरपुरमा परेको पानीले लक्की ईट्टा उद्योगमा १ लाख ५० हजार, न्यू सेभेन स्टार ईट्टा उद्योगमा ३ लाख ६० हजार काँचो ईट्टा गलेर नष्ट भएको ईट्टा उद्योगीहरुको भनई रहेको छ । त्यस्तै कपिलबस्तुको बुद्ध ईट्टा उद्योगमा लगभग २ लाख काचों ईट्टा नष्ट भएको बुद्ध ईट्टा उद्योगका संचालक विनोद पन्तले जानकारी दिए । त्यसैगरी रुपन्देहीको सिद्धार्थ ईट्टा उद्योगमा पनि ३ लाख ५० हजार पानीले ईट्टा नष्ट भएको उद्योगका व्यवस्थापक ईस्वरी वस्तीले बताए । भने कपिलबस्तुको महराजगंज स्थित रहेका न्यू ज्योती, ज्योती, जयसवाल ईट्टा उद्योगमा यस पटकको पानीले नोक्सन नभएको उद्योगीहरु बताउँछन् । त्यस्तै बुद्धभुमी नगरपालिकामा रहेको एपोलो, बौद्ध र आर.सी. ईट्टा उद्योगमा पनि नोक्सान नभएको उद्योगीको भनाई रहेको छ । हुनत यस बर्ष पटक पटकको बेमौसमी बर्षाको कारण व्यवासायीहरु ठुलो मर्कमा परेका हुन् ।
त्यसमाथि विश्वव्यापी व्यापक रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिलाई मध्यनजर गर्दै, सरकार गत चैत्र ११ गते देखि लकडाउन गरेको छ । जसकारण आवश्यक ईट्टा उत्पदान गर्न र उद्योगलाई आवश्यक कोईलाहरुको परिपूर्ति गर्न नसक्दा ईट्टा उद्योगलाई चलाउन समस्या भएको कपिलबस्तु हिमाल ईट्टा उद्योगका संचालक युवराज क्षेत्रीले बताए । उनले समयमा कोईला ल्याउन नसक्दा धेरै ईट्टा उद्योगलाई समस्या भएको छ । उनले भने–“यस बर्ष न समयले साथ दियो न पानील,े २ राउण्ड उत्पदित ईट्टालाई बिक्रि गर्न नसक्दा कामदारलाई भने जति खर्च दिन पनि समस्य छ ।”












