लक डाउन वाट प्रभावितलाई राहत प्रदान

प्रकाशित मिति:

चुत्र महत /भीरकोट-कोरोना भाइरस (कोभिड १९) ले विश्वभरी माहामारीको रुपमा फैलीरहेको अवस्थामा नेपाल सरकारले लक डाउन घोषणा गरेको छ । यस परिस्थीतिमा भीरकोट नगरपालिका भित्र हात मुख जोड्न वाट वञ्चीत र चुलो वाल्न नसक्ने ज्याला मजदुरी गरी खाने अति विपन्न घर परिवारलाई राहत वितरण गर्नको लागी सुर्योदय सहकारी सस्था स्याङ्जालवाट १० हजार र सन्त निंरकारी मण्डल वयरघारी शाखाका मुखी यम वहादुर खत्री,संचालक कुल वहादुर केसी,सदस्यहरु कृष्ण थापा मन वहादुर केसी र कृष्ण गोदार सहितले दैविक प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नगद रु ६० हजार प्रदान गरेका छन् ।

 

नगरपालिका नगर वासीको हेरक दुख सुखमा साथमा रहीरहेको वताउदै कुनै पनि नागरीक भोकै मर्न पर्ने अवस्थाको सिर्जना हुन नदिने भन्दै कोही पनि कोरोना भाइरस र लक डाउन वाट नआत्तिन आग्रह गर्नु भयो । हाल सम्म भीरकोट नगरपालिकाको दैविक प्रकोप व्यवस्थापन कोषमा नगद र जिन्सी गरी ६ लाख जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।