म्याग्दी बाट घर फर्केका ६ जनालाई लाई ज्वरो, ११ जना क्वारेन्टाईनमा

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङ-मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा पाठ सार हुदै विहिवार साँझ घर फर्किएका ११ जना मध्य ६ जनालाई स्वास्थ्य चेकजाच गर्दा ज्वरो देखापरेपछि राप्ती गाउँपालिकाले ११ जना लाई विहिवार राति क्वारेन्टाईनमा भर्ना गरेको छ ।

दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं २ का नागरिकहरु मजदुरी गर्ने क्रममा विभिन्न कष्ट र अवस्था पार गर्दै घर आउने क्रममा लालमटिया स्वास्थ्य चौकी भालुवाङको स्वास्थ्य कर्मिको टोलिले भालुवाङ बाटोमै स्वास्थ्य चेकजाच गर्दा ६ जनामा ज्वरो आएको पाईएकोले स्वास्थ्य कर्मि र सुरक्षा निकायको निगरानिमा लालमटिया स्थीत ऐरावति आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखीएको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।बाहिरी जिल्ला बाट ११ जना आउदै गरेको थाहा पाएपछि स्वास्थ्य कर्मी, जनप्रतिनिधि, सुरक्षा निकाय लगायतको टोलिले बाटोमै स्वास्थ्य चेकजाच र क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको थियो ।

क्वारेन्टाईनमा राखीएका ११ मध्य ६ जना ज्वरो आएकाहरु लाई कोरना भाईरसको अन्य कुनै लक्षण नरहे पनि सावधानी अपनाउनका लागि र यस राप्ती गाउँपालिकामा घर भई बाहिरवाट आउनेले नियमानुसार क्वारेन्टाईनमा बस्नुपर्ने नियमानुसार ११ जनालाई नै राखीएको र यथासक्य छिटो ज्वरोको कारण पत्ता लगाई उपचार समेत सुरु गरिने संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।विश्व विख्यात समस्या कोरना भाईरसको बढ्दो संक्रमणको रोकथाम तथा सजगतका लागि अन्य जिल्ला तथा देश बाट घर आउनेलाई राप्ती गाउँपालिकाको दुई स्थानमा क्वारेन्टिन स्थापना गरि बस्ने ब्यवस्था मिलाईएका छ ।
बाहिरी जिल्ला तथा देश वाट गत चैत्र ११ देखी १८ सम्म घर आउने लाई अनिवार्य होम क्वारेन्टाईन र १९ देखी पछि आएका लाई सरकारी क्वारेन्टाईनमा बस्नुपर्ने नियम राप्ती गाउँपालिकामा रहेको छ । गत मंगलवार काम गर्ने शिलशिलामा संक्रमित भेटिएको जिल्ला वाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नं ९ बरडाडाँका वर्ष ५० का धन बहादुर वि। क। र वर्ष १९ का दिपक वि।क।लाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनिया स्वास्थ्य चौकीको नियमित चेकजाच र आर डि किट वाट रक्त परिक्षण गर्दा कोरना नतिजा नेगेटिभ आएको हुदा घरमै केहिदिन होम क्वारेन्टाईममा बस्ने गरि बिदा गरिएको समेत राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।सहज बाटो सम्म जानको लागि एम्बुलेन्सको ब्यवस्थाका साथ विदाई गर्नु भएको थियो ।कोरना भाईरसको संक्रमणको जोखीम रोक्न लगडाउन गर्नुपुर्व भारत वाट राप्ती गाउँपालिकामा १ सय ५६ जना आएको मा सबैलाई होम क्वारेन्टिनमा राखीएको थियो साथै समय समयमा उनिहरुको स्वास्थ्य चेक जाच समेत गरिदै आईएको थियो ।