राहत बितरणमा स्वेच्छचारी र लकडाउनको उल्लघंन जनप्रतिनीधीहरुबाटै भएको भन्दै प्रतिपक्षी दलहरुको ध्यानाकर्षण

प्रकाशित मिति:

२० बैसाख,कञ्चन जगिलाल थापा रुपन्देहीको कञ्चन गाउपालिकाले राहत बितरणमा राजनैतिक र भेगिय रुपमा पक्षपात गरेको र लकडाउनलाई ब्यबस्थित र कडाईका लागु नगरेको भन्दै कञ्चनमा क्रियाशिल प्रतिपक्षी दलहरुले कञ्चन गाउपालिकालाई ध्यानाकर्ष गराएका छन ।  बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न बिश्व नै एक भइरहेको र यस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ।यस संक्रमणबाट सुरक्षित हुन र थप संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न नेपाल सरकाले पनि गत चैत्र ११ गते देखि देशभर लकडाउन गर्दै आएको छ । हिजो मात्रै रुपन्देहीको कोटहिमाइ गाउपालिकाको एक युबकलाइ कोरना पोजेटिभ देखिए पछि यस कन्चन गाउपालिकामा सतर्कता अपनाउनु पर्ने उल्लेख गर्दै प्रतिपक्षी दलका प्रतिनीधिहरुले कञ्चन गाउपालिकालाई ध्यानाकर्षण गराएका हुन ।आज नेपाली काङ्ग्रेसका कन्चन गाउससमितीका सभापती यम बहादुरको अध्यक्षतामा बसेको प्रतिपक्षी राजनीति दलको सर्बदलिय बैठक बसि स्थानिय सरकारलाइ गाउँपालिका नखुलेको अबस्थामा संचार माध्यम मार्फत ध्यानाकर्षण गराउने निर्णय गरेको छ।बैठकले नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न गरिएको लकडाउनका कारण दैनिक मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका बिपन्न घरपरिवार तथा मजदुरहरुलाई उचित तथ्यांक संकलन गरी कम्तीमा छाक टार्ने गरी राहत उपलब्ध गराउनु पर्नेमा हचुवाको भरमा खना पुग्ने र केही समय भएपनि लकडाउनको अवस्था सामान्य नआउञ्जेल सम्मका ऋण सापटी गरेर भए पनि बन्दोबस्ती गर्न सक्नेहरुलाई समेत राहतको नाममा अप्रत्यक्ष रुपमा राजनैतिक तथा भेगिय पक्षपात गरेको जनगुनासो आएकोले यस बिषम परिस्थितीमा राजनैतिक सोंचले काम नगर्न आग्रह गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका नेता सोमनाथ पौडेलले बताउनु भएको छ ।

चुनाव पछि बनेकको स्थानिय सरकार कञ्चनका सबै दल समर्थित जनताको समेत साझा अभिभावक भएकोले यस बिषम परिस्थितीमा राजनैतिक तथा भेगिय ढंगले राहत बितरण गर्दा पुर्वाग्रही,स्वेच्छाचारी,अमर्यादित,अपार्दर्शी रुपमा नातागोता,राजनैतिक आस्थाको भरमा कसैलाई पनि राहत बितरण नगर्न नगराउन स्थानिय सरकारलाई बिशेष अनुरोध गर्ने निष्पक्ष रुपमा बास्तबिक पिडित तथा मजदुर परिवारलाई राहत दिनु पर्नेमा प्रतिपक्षी राजनैतिक दलहरुको बैठक मार्फत ध्यानानकर्षण गराएको हो ।यस्तै कोरोना भाइरसबाट नेपालमा पनि संक्रमण देखिए पछि नेपाल उच्च जोखिममा भएको र हिजो मात्रै रुपन्देहीको कोटहीमाई गाउपालिकाका एक युवालाई कोरोना संक्रमण देखिएसंगै रुपन्देहीमा पनि उच्च सर्तकता अपनाउनु पर्ने उल्लेख गर्दै रुपन्देही जिल्लालाई कोरोना थप संक्रमण हसन नदिन स्थानिय सरकारको महत्वपुर्ण भुमिका भएकोले कञ्चन गाउपालिकाले गाउपालिका भित्र लागु गरिएके लकडाउन कडाइका साथ लागु गर्न र छिमेकी गाउपालिकाबाटको आवागमनलाई तत्काल निरुत्साहीत गर्नका लागि सुरक्षा प्रशासन परिचालन गर्न प्रतिपक्षी दलहरुको सर्बदलिय बैठकले बिशेष आग्रह निर्णय गरेको जनता समाजवादी पार्टीका नेता पौडेलले बताउनु भएको छ ।बैठकको निर्णयमा रुपन्देहीको कोटहीमाई गाउपालिकामा समेत कोरोना संक्रमण देखिएसंगै कञ्चन गाउपालिका पनि उच्च जोखिममा भएकाले स्थानिय सरकारका जनप्रतिनीधिहरुले नै लकडाउनलाई उल्लंघन गरी खुकुलो बनाइरहेको ठहर गर्दै लकडाउनलाई पुर्ण पालना गर्न गराउन आम कञ्चनवासीलाई समेत बिशेष आग्रह गरेकोछ ।

यस्तै लकडाउनको मौकापारी चोरी तस्कर पनि बढदै गइरहेकोले स्थानिय सरकारले सो नियन्त्रणका लागि स्थानिय सुरक्षा प्रशासनसंग समन्वगरी गस्ती तथा नियमित अनुगमन गर्न गराउन बैठकले अनुरोध गरेको छ।आजै बसेको प्रतिपक्षी दलहरुको सर्बदलिय बैठकले कञ्चन गाउपालिकाबाट यस आ।व।मा निर्माण हुने जनता आवास निर्माण गर्दा बास्तबिक घरवार बिहनिहरुको गाउपालिकाबाट आवेदन लिई आवेदकहरुको नामावाली प्रकाशन र हकदावीको समय रअधिकार समेत दिनु पर्ने दाबी बिरोध नआएका बास्तबिा आवास बिहिनहरुका लागि आवास निर्माण गरिनुपर्ने समेत निर्णय गरेको राष्ट्रिय जनमुक्ती पार्टीका भैरब बहादुर थापा मगरले जानकारी दिनु भएको छ।प्रतिपक्षी दलहरुको सर्बदलिय बैठकमा नेपाली कांगे्रस कञ्चन गाउकार्यसमितीका सभापति यम बहादुर क्षेत्री,प्रेमचन्द्र पोख्रेल र टेक बहादुर गुरुङचन्द्र,जनता समाजवादी पार्टीका सोमनाथ पौडेल,राष्ट्रिय जनमोर्चाका कपिल पौडेल,राष्ट्रिय जनमुक्ती पार्टीका भैरब बहादुर थापा,रुम बहादुर फौजा र चक्र बहादुर थापा,नेकपा क्रान्तीकारीका केजी कुमार पौडेल र शेर बहादुर रानाको उपस्थिती रहेको थियो ।स्वेच्छाचारी भएकै छैन(अध्यक्ष क्षेत्रीप्रतिपक्षी राजनैतिक दलहरुले कोरोना संक्रमणको बेला लकडाउनमा परी समस्यामा परेका बास्तबिक बिपन्न घरपरिवारलाई राहत दिनुपर्नेमा राजनैतिक पुर्वाग्रही ढंगले राहत बितरण गरेको भन्ने आरोप लागेको बारे कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीसंग जिज्ञासा राख्दा कञ्चन गाउपालिकाले राहत बितरणमा कुनै पक्षपात नगरेको र टोल बिकास संस्था तथा स्थानिय संघसंस्था र राजनैतिक दलका प्रतिनीधीहरुले उपलब्ध गराएको ब्यक्तिहरुलाई नै टोल बिकास संस्था तथा स्थानिय संघसंस्था र राजनैतिक दलका प्रतिनीधीहरुको उपस्थितीमा राहत बितरण गरिएको बताउदै अध्यक्ष क्षेत्रीले यदि राहत बितरणमा स्वेच्छाचारी भएको भए राहत बितरणकै क्रममा सुझाव दिएको भए निकै राम्रो हुने अध्यक्ष क्षेत्रीले बताउनु भएको छ । र यदि कहि कतै राजनैतिक पुर्वाग्रही ढंगले स्वेच्छाचारी रुपमा राहत बितरण गरेको भए र जनप्रतिनीधिका आफ्ना नातागोताले राहत पाएको प्रमाण सहित त्यसरी राहत पाउनेको नाम र ठेगाना उपलब्ध गराइदिनु हुन आग्रह गर्नु भएको छ ।यसैगरी लकडाउन खुकुलो बनाउनमा जनप्रतिनीधिहरुले नै भुमिका खेलेको भन्ने बिषयमा कुनै सत्यता नभएको र जन्रतिनीधिहरु नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्नमा स्थानिय तहमा भएको श्रोत साधन प्रयोग गरेको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।लकडाउनको पुर्ण पालना गर्नमा बिभिन्न राजनैतिक दल,संघसंस्था,टोल बिकास संस्था र सामाजिक अगुवाहरुको भुमिका निकै महत्वपुर्ण हुने बताउदै स्थानिय सुरक्षा प्रशासनसंग समन्वगरी सुरक्षा परिचालन गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनु भएको छ।