२५ बैशाख- बुटवल । कोरोना संक्रमण बाट बच्नका लागि सरकारले लकडाउनको घोषणा गरेसंगै दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु मर्कामा परेका छन ।
उनीहरुलाई समस्या परेको भन्दै लायन्स क्लब अफ बुटवल मुक्तिनाथले कोरोनाको विषम परिस्थीतिमा बिभिन्न क्रियाकलापहरु गरेको जनाएको छ । यस क्षेत्रमा सक्रिय लायन्स बुटवल मुक्तिनाथले लाकडाउन सुरु भएदेखिनै अफ्ठ्यारोमा परेका व्यक्तिहरुलाई राहत हस्तान्तरण गर्दै आएको छ । क्लबले सरकार वाट राहत पाउन छुटेका र पाएको राहत सकिएर समस्यामा परेका सबैलाई सम्पर्क गर्न आग्रह समेत गरिरहेको छ । लकडाउनको ४५औ दिनसम्म आइपुग्दा क्लबले आफुहरुको सम्पर्कमा आएका सबैलाई सहयोग जारि राखिएको क्लबले जनाएको छ ।
सुरुका दिनमा लाकडाउनले बुटवलमा फसेका मानिसहरु लाई तयारि खाना खुवाउने कार्य गरेको क्लबले हाल त्यसको निरन्तरता संगै खाध्यान्न सामाग्री र व्यक्तिगत सरसफाइका सामग्री राहात स्वरुप वितरण गरिरहेको छ ।आफुहरुको सम्पर्कमा आएकाहरु वास्तविक मर्कामा परेका व्यक्ति हुन वा हैनन् भनेर स्थानीय तह संग जानकारी लिएर र स्थलगत अनुगमन गरेर मात्र सहयोग गर्ने गरिएको वर्ष २०२०र२१ का अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी दिए ।उनले हातामुख जोर्न समस्या भएर समस्या परेमा आफुहरुलाई ९८५७०३३६०१, ९८५७०३८५७३ र ९८५७०५०७२८ मा सम्पर्क गर्न आग्रह समेत गर्दै आएका छन् । लकाडाउन अवधि भर आफुहरुले सकेसम्म राहत वितरणको कार्यलाई निरन्तरता दिइने भट्टराईले बताए ।हातमुख जोर्न समस्या भएका र सामाजिक संजाल एवं पत्रपत्रिका सम्म पहुच नराख्ने बर्गलाई समेत आफुहरु संग सम्पर्क गराएर साहायतामा हातेमालो गर्न उनले अनुरोध गरेका छन ।
यस्तै नेपालको दोस्रो ठुलो भन्सार बेलहिया नाकामा एरिया ४ अन्तर्गतका लायन्स क्लबहरुको पहलमा जडित स्वचालित सेनेटाइज टनेल मेसिन स्थापनाका लागि पनि मुक्तिनाथ क्लबले सहयोग गरेको छ । यो मेसिन नेपालमा अन्तराष्ट्रिय सीमानाकामा राखिएको पहिलो स्वचालित सेनेटाइज टनेल मेसिन हो ।एरिया ४ का चिफ बिनोद खरेलको संयोजनमा निर्मित सो टनेल निर्माणमा लायन्स क्लब अफ बुटवल मुक्तिनाथले पनि सहयोग गरेको क्लवका वर्ष २०१९र२० का अध्यक्ष शोभाखर बन्जाडेले जानकारी दिए । लायन्स क्लवहरुको लगानीमा नेपाल भारत सिमा नाकामा जडान गरिएको सेनेटाइज टनेल मेसिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई हस्तान्तरण समेत गरिएको एरिया ४ ले जनाएको छ ।कोरोना भाइरसको उच्च जोखिममा रहेको सिमाक्षेत्रमा अहिले सेनेटाइज टनेल मेसिन जडान भएपछि आसपासमा बसोवास गर्ने मानिसहरुले समेत खुसी व्यक्त गरेका छन । यसको जडान संगै नेपाल भारत सिमाक्षेत्रमा जो कोहि आवत जावत गर्दा अनिवार्य प्रयोग गर्नु पर्ने छ ।












