देवः बिकास बैंकद्धारा खाद्यान्न सहयोग

प्रकाशित मिति:

बुटवल, २७ बैशाख । बुटवल उपमहानगरपालीका वडा नम्बर ६ सुख्खानगरस्थित मानव सेवा आश्रमलाई देवः बिकास बैंकले १ लाख रकम बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । बैंकको बुटवल शाखा कार्यालयका प्रबन्धक राजन अधिकारीले उक्त राहत सामाग्री आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी (रुपा), कार्यक्रम संयोजक सरु अधिकारी, अभिभावक राजन सापकोटा लगाएतलाई हस्तान्तरण गर्नु भयो ।  सो कार्यक्रमका अवसरमा बोल्दै बैंकका प्रबन्धक राजन अधिकारीले देवः बिकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा मानव सेवा आश्रमका आश्रितहरुलाई राहत पुगोस भन्ने उद्देश्यले १ लाख रकम बराबरको खाद्यान्न लगाएतका सामाग्री प्रदान गरिएको बताउनु भयो ।

आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी रुपाले सहयोगापेक्षी बेसहारा मानवका लागि बैंकले प्रदान गरेको सहयोगको उच्च प्रसंशा गर्दै सबैको सहयोगले मानव सेवाको नमुना कार्य भएको उल्लेख गर्नु भयो । सो अवसरमा आश्रमका संयोजक सरु अधिकारी, अभिभावक राजन सापकोटा, दुर्गा पाण्डे, बैंकका कर्मचारीहरु संध्या रावल, रसुदा श्रेष्ठ लगाएतले मानव सेवा नै सबैभन्दा ठुलो कल्याण कार्य भएको चर्चा गर्दै बुटवललाई बेसहारा र सडक मानवमुक्त बनाउने सवालमा सरकार, स्थानिय संघसंस्था र बिभिन्न निकायहरुको भुमिका महत्वपुर्ण भएको बताउनु भयो । यसअघि पनि सो बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आश्रमलाई ३ लाख रकम बराबरको भौतिक सामाग्री प्रदान गरेको बैंकका कार्यकारी निर्देशक बिजयबहादुर श्रेष्ठले बताउनु भयो । ब्यबसायिक उद्देश्य राखेको बैंकले आफ्नो नाफा रकम मध्येबाट सहयोगापेक्षी मानवहरुलाई आर्थिक भौतिक लगाएतका सहयोगहरु पुराउदै आईरहेको र भविश्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले बताउनु भयो ।