गणेशनगर टोलद्वारा नगरपालिकालाई ५१ हजार प्रदान

प्रकाशित मिति:

बुटवल,२८ बैसाख । तिलोत्तमा वडा नंं। ११ को गणेशनगर टोल विकास संस्थाले नगरपालिकाको विपद व्यवस्थापन कोषलाई ५१ हजार रुपैयां प्रदान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नगरबासीलाई राहत दिने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा गणशनगर टोल विकास संस्थाले सहयोग गरेको हो । टोल विकास संस्थाका अध्यक्ष टेकसिंह थापा, आर्थिक संयोजक नवराज पाण्डे पाण्डे, सदस्य गोमा ढकालसहितको टोली नगरपालिका कार्यालय पुगेर नगर प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक प्रदानसंस्थाका गरेको सचिव गोविन्द पौडेलले जानकारी दिए ।

सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष थापाले संकटका बेला नगरपालिकालाई सक्दो सहयोग गर्नु नगरभित्रका संघसंस्था र नागरिकको दायित्व भएको बताए । नगर प्रमुख बासुदेव घिमिरेले हालसम्म विपद व्यवस्थापन कोषमा निजी क्षेत्रबाट करिब ९५ लाख रुपैयां जम्मा भएको बताए । नगरपालिकाले स्थापना गरेको खाद्य बैंकमा दुई सय क्वीन्टल चामल र दुई क्वीन्टल दाल जम्मा भएको र तेस्रो चरणको राहत बांड्ने तयारी पनि भइरहेको नगर प्रमुख घिमिरेले बताए ।