कपिलबस्तु जेठ । कोरोना माहामारीले विश्व समुदाय नै आक्रान्त भएको छ । यो अवस्थामा घर आउन चाहाने हरु क्वारेन्टाइन बस्नु पर्ने नियम रहेको छ । यस्तो अवस्थामा कहि कतै क्वारेन्टाइन ब्यवस्थित बनाइएको छ भने कहि कतै ब्यवस्थापनमा सरकार चुकेको देखिन्छ ।क्वारेन्टाइनमा बस्दै गर्दा स्वास्थ्यको ख्यालगरी उनीहरुको खानपान देखि लिएर हरेक पक्ष्यमा ध्यान दिनुपर्ने देखिन्छ ।
यो बेलामा जिल्लामा लकडाउनले मारमा परेका बिपन्न परिवारलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गर्दै सेवामा जिल्लामै अग्रमोर्चामा रहेको तरुण दल र नेविसंघ छेत्र नं.–१ कपिलवस्तुले बाणगङ्गा–३ गौरी भवानी मावि भक्तौलिमा रहेको क्वारेन्टाइनमा बसेकालाई बुधबार एक कार्यक्रमका बिच सहयोग गरेको छ । क्वारेन्टाइनमा बसेकालाई सबैले अपहेलनाको दृष्टिले घृणाको रुपमा हेर्ने गरेको पाइन्छ । यो बेलामा उनिहरु बसेको क्वारेन्टाइनमा पुगि उनिहरुको आत्मबल बढाउन हौसला प्रदान गरेको छ । नेविसंघ र तरुण दलको टिमले उनिहरुलाई प्रत्येकलाई झुल,बाल्टिन, मग साबुन र मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ भने वडा कार्यालय मार्फत उनिहरुलाई नै चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको तरुण दलका नगर सचिव प्रबिन पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले समाजमा आफ्नो घर भनेर बाहिरबाट आउने तर तिनिहरुलाइ समाजमा रहेकाले गलत दृष्टिले हेर्ने गरेको यस्तो बेलामा हामिहरु उनिहरु संग खुसी साट्नु पर्छ भन्दै उनिहरुको आत्मबल उच्च बनाउन लागि सहयोग गरेको बताउनु भयो । उनिहरुको पनि बाँच्न पाउने अधिकार रहेको र उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने र उनिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउदै आफुहरु लागि परेको पोख्रेलले बताउनु भयो । यस्तै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले जिल्लामा क्वारेन्टाइन ब्यवस्थित बनाउन सबै लाग्नुपर्ने र ब्यवस्थित बनाएर उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै उनिहरुको स्वास्थ परिक्षण तत्काल गराउनुपर्ने र उनिहरुको मनोबल उच्च राख्नुपर्ने त्यसैका लागि आफुहरु लागि परेको बताउनुभयो । सरकार कतै चुकेको त हैन भन्दै हामिहरु सबै आफ्नो आफ्नो ठाउबाट लागेमा उनिहरुको ब्यवस्थापनमा सहज हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल तरुण दल छेत्रीय सभापति तिलक थापा नेपाली कांग्रेसका नेता बिष्णु प्रसाद न्यौपाने, इन्द्रमणी पौडेल, वडा नं ३ का वडा अध्यक्ष सन्तराम रौतार, नगरकार्यपालिका सदस्य योगनाथ सुनार,तरुण दलका दिपक घिमिरे,प्रबिन पौडेल नेका वडा सभापति खिमानन्द पाण्डे नेका नेता राजन पाण्डे, कृष्णदेव पोख्रेल लगायत को उपस्थितिमा क्वारेन्टाइनमा बसेकालाई प्रत्येकलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो ।
वडा कार्यालय मार्फत त्यस क्वारेन्टाइनलाई आवस्यक खाद्यान्न सामाग्री दाल, चामल, नुन र तेल उनिहरुको खाना ब्यवस्थापनका लागि तरुण दल र नेविसंघका नेता मार्फत वडा अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । उक्त सामाग्री सहयोगका लागि तरुण दलका नेता प्रबिन पौडेल र कृष्ण पराजुलीले ब्यवस्थापन गर्नुभएको थियो । सो सामाग्री ग्रहण गरेपछि वडा अध्यक्ष सन्तराम रौतारले यो बेलामा काही कसैले क्वारेन्टाइन ब्यवस्थापन गर्न नसकिरहदा आफ्नो वडाको क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गरिएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।












