नगर प्रमुख गुप्ताले छलफल कार्यक्रममा आगामी आर्थिक बर्षका लागि नगरपालिकाले लिईएको मुख्य निति तथा कार्यक्रम र बजेटहरुको बारेजमा जानकारी गराउदै सो विषयमा सबै संग आवश्यक सल्लाह–सुझाव संकलन गर्दै थप योजनाहरु आएमा समावेश गर्ने र यसको कार्यान्वयमा सबैले सहयोग गर्ने नरपालिकाको अपेक्षा रहेको छ । नगरपालिकाले वडा/वडामा बजेट सिलिङ्ग पठाई वडाबाट योजना तथा कार्यक्रमको तर्जुमा गराई सकेको भने नगरका गौरवका योजना र बजेटहरुको विषयमा छलफल गरि नगरसभाबाट पारित गराउन नगरसभाको तयारी समेत गरिरहेको छ । नगर प्रमुख गुप्ताको अध्यक्षतामा चलाइएको छलफल कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेपका जिल्ला संयोजक भविश्वर तिवारी, नेपाली कांग्रेस जिल्ला सभापति विष्णु पौडेल, जसपा जिल्ला नेतृत्व मण्डका सदस्य मुकुरजी गिरी, पुरन चौधरी, उपाध्यक्ष अमिरुल्लाह मिँया, स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रेडक्रस सोसाईटीका जिल्ला संयोजक राजेन्द्र प्रसाद अग्रहरी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश गुप्ता, महासचिव गिरीराज पाण्डे, रामग्राम स्तुप संरक्षण संस्थाका अध्यक्ष सम्भु उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।












