बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा मोतिरामको चर्चा गर्दै रचना वाचन 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
भदौ १८ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा मोतिराम भट्टको चर्चा गरिएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा युवा कवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती अवसरमा मोतिको चर्चा र रचना वाचन गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले मोतीराम भट्ट धेरै बिधामा अब्बल रहेको बताउनु भयो । उहा भन्नुहुन्छ -“मोती पहिलो साहित्यीक पुरस्कार प्राप्त गर्ने ब्यक्ति, पहिलो मौलिक नाटककार, पहिलो आख्यानकार, गजलकार, नेपाली पहिलो पत्रकार र सम्पादक, नेपाली व्याकरणकालागी पहिलो चिन्तक, पहिलो अन्वेषक, पहिलो समालोचक, पहिलो जिवनीकार हुन ।” न्यौपानेले भन्नुभयो ।

कला, भाषा र साहित्यले सबैको मर्म स्पर्श गर्ने बर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक तथा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले बताउनु भयो । साहित्य क्षेत्र अजर र अमर हुने क्षेत्र रहेको बताउदै भानुभक्त र मोतीराम जस्ता व्यक्तिहरु साहित्यमार्फत अजर अमर हुनु भएको उपाध्यायले उल्लेख गर्नु भयो ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले अग्रजलाई सम्मान गर्ने र भाषा, कला सस्कृती र साहित्यलाई उजागर गर्न गाउँ गाउँ र टोल टोलमा पुर्‍याउनु बताउनु भयो ।सुनवल वाङ्गमय प्रतिष्ठानका कुलपति डाक्टर श्याम प्रसाद न्यौपानेले मोतीराम भट्ट जीवन छोटो भएपनि योगदान ठुलो रहेको छ । न्यौपाने भन्नुहुन्छ- “राणा कालमा राणाहरुलाई रिझाउदै कला भाषा र साहित्यको सेवा गरेका छन ।”  मोतीराम भट्टले साहित्यका अन्वेषक रहदै उनले गजल नेपाली भाषा आरम्भसमेत गर्नु भएको न्यौपानेले बताउनु भयो ।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, डाक्टर घनश्याम न्यौपाने, डाक्टर श्याम न्यौपाने, डाक्टर हरी प्रसाद घिमिरे, प्रदिप भट्टराई, सीता शर्मा, तोयानाथ चौधरी, एकनारायण तिमिल्सिना, बाबुराम मुसाफिर, भबिश्वर पराजुलीलगायतले रचना वाचन गर्नु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षता, उपकुलपति टीका पहाडीको स्वागत, सास्कृतिक बिभाग संयोजक दिप प्रकाश लोहनीको धन्यवाद रहेको कार्यक्रमको सञ्चालन कुस्माकर ढकालले गर्नु भएको थियो ।

थप समाचार