एतिहासिक एवं गौरवशाली इतिहास निर्माण गर्न सफल नेपाल विद्यार्थी संघ अहिले आन्तरिक समस्यामा अलमलिएको छ । संगठनलाई चुस्त दुरुस्त र गतिशील बनाउन ने वि संघको १२ औं महाधिवेशन वर्तमानको आवश्यकता हो । नेपाली कांग्रेसको पार्टी नेतृत्व र ने वि संघको नेतृत्व अहिले महाधिवेशनबाट भाग्न खोजिरहेको आभास सर्वत्र भैइरहेको छ ।
नेपाली कांग्रेसको नेतृत्वले हरेक निर्णय प्रक्रियामा बहुमतको दम्भ देखाउदा नेपाली कांग्रेस भित्र अहिले व्यापक रुपमा असन्तुष्टि पैदा हुँदै गर्दा अब फाल्गुन महिनामा हुने स्वाबियु निर्वाचन र अर्को स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पक्कै पनि पार्टी कमजोर बन्न पुग्दछ। अब हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बाम गठबन्धनको विद्यार्थी सगठनलाई परास्त गरि नेविसंघलाई बिजयी गराउन एवं सगठनलाइ दिशानिर्देश गर्न वर्तमान समयमा नेविसंघमा ३२ बर्ष उमेर हदबन्दी लागिसकेकोले ३२ माथिका वा मुनिका संगठनमा दुख गर्नुभएका स्वाबियु निर्वाचनको समयमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सकने क्षमतावान साथीहरूलाई वर्तमान केन्द्रीय समितिमा ल्याउनु अवश्यक छ ।
बिधानको धारा ३१ बमोजिम बाधा अडकाउ नफुकाइ गरिएको लोकतान्त्रिक फोरमको विद्यार्थी संघको समायोजनलाई बाधा अडकाउ फुकाइ बिधान सम्मत समायोजन गरिनुपर्छ । नेविसंघ केन्द्रीय समितिले नेपाली कांग्रेस समक्ष बुझाएको बिधान र नियामावली यथसिघ्र पास गरि महाधिवेशन तर्फ उन्मुख हुन सबैमा हार्दिक अपिल गर्दछु।
जय नेपाल ।
रन्जीत कर्ण
पुर्व अध्यक्ष नेपाल विद्यार्थि संघ












