भिरकोटमा प्रथम आलु महोत्सव हुने

प्रकाशित मिति:

स्याङ्जा, १ फागुन । भीरकोट नगरपालिका वडा नं। ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । यही फाल्गुन ७ र ८ गते प्रथम आलु महोत्सवको तयारीका लागी शनिबार छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले जिल्लामै पहिलो पटक आयोजना गरिएको आलु महोत्सवले कृषकहरुलाई प्रेरणा र उत्साहा जागेको भन्दै कृषिमा नयाँ आयाम थपिने बताए ।

महोत्सव आयोजना सम्बन्धी छलफल तथा अन्र्तक्रियामा बोल्दै प्रमुख खनालले आलु महोत्सवबाट यस क्षेत्रका स्थानीयको मात्र नभई समग्र भीरकोट नगरपालिका र जिल्लाकै लागी गौरवको विषय भएको बताए । कार्यक्रममा वडा अध्यक्ष यामप्रसाद अधिकारी, पत्रकार अमृत अर्याल, कृषक पोतप्रसाद तिवारी, शेषकान्त तिवारी, मोतिलाल पौडेललगायतले बोलेका थिए । कृषिको लागी निकै संभावना रहेको पकान फाँटमा यसपटक कृषकहरुले सामुहिक आलु खेति गरेका छन् ।

पकान फाँटमा यसपटक ३ सय रोपनी क्षेत्रफलमा सामुहिक आलु खेति गरिएको वडा अध्यक्ष अधिकारीले बताए । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष देवि पाण्डे तिवारीको अध्यक्षतामा सम्पन्न कर्याक्रममा स्वागत वडा अध्यक्ष अधिकारी र सञ्चालन संस्थाकी सचिव अम्बीका अर्यालले गरेकी थिइन् ।