कास्कीमा भरुवा बन्दुक र धारिलो हतियारसहित तीन पक्राउ ।

प्रकाशित मिति:

असार ३२ ।  कास्कीको पोखरा महानगरपालिका मझेरीपाटनबाट प्रहरीले भरुवा बन्दुक र धारिलो हतियार सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई बुधबार राति करिब १० बजे पक्राउ गरिएको हो ।

प्रहरीले साजन विश्वकर्माको कोठामा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय रामबजारको हिरासतमा राखिएको छ ।