देउवाको हुकुमी शैली धेरै टिकदैँन : अर्जुननरसिंह केसि

प्रकाशित मिति:

सबलपोस्ट ८ मंसिर, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बर्तमान सरकार लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा गएको दाबि गरेका छन् ।

सरकारका ९ महिना हेर्दा सबै तिर असफल भएको भन्दै उनले केपी ओलीले गफ मात्रै गर्ने गरेको आरोप लगाए ।

जनहित बिपरित सरकार हिडेको भन्दै उनले चुनावमा बांडेको झुटको पोकाबाट अहिलेको सरकार आफै थिचीने दाबि गरे ।

प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेका केसीले सरकारले ९ महिना ब्यर्थैमा बिताएको भन्दै सरकारका गलत गतिबिधिप्रति असन्तुष्टि ब्यक्त गरे ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता केसीले कांग्रेस सभापति शेर बहादुर देउवा हुकुमी र निरंकुश बन्न खोजेको र मनपरि निर्णय गरेकोमा आपत्ती जनाए ।

केसीले पार्टी संस्थामुखी बनाउनुपर्ने भन्दै उनले ब्याक्तिमुखी निर्णयहरु मान्य नहुने प्रष्ट पारे ।

पार्टी पदाधिकारीमा सामुहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले ब्याक्तिमुखी हुदा नेविसंघ पनि संस्थागत हुन नसकेको दाबि गरे ।
कांग्रेसको नेतृत्व अहिले समकालिन साथीहरुको बिचमा रहेको भन्दै उनले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

पार्टी संस्थागत संरचनाको नया युगमा प्रबेश गरेको भन्दै नेता केसीले पार्टीले यो पटक हार ब्यहोर्दैमा उस्को इतिहास,आदर्श,योगदान नसकिने बताए । कार्यक्रममा प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको अध्यक्षता साथै उप – सभापति कबिन्द्र नेपालको सन्चालन रहेको थियो