कमल थापाद्वारा ९ जना सहाक महामन्त्री मनोनयन

प्रकाशित मिति:

मंसिर १३, २०७५ काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीहरु नियुक्त गरेका छन् ।

भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), ईन्द्र चित्रकार (काठमाण्डौ), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तिर्थराज चटौत (कंचनपुर) र रेणुदेवी साह (सप्तरी) लाई सहायक महामन्त्री मनोनयन गरेका छन् ।

त्यस्तै अध्यक्ष थापाले सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।