गुट जोगाउने कि पहिला कांग्रेस जोगाउने : भुपेन्द्र जङ्ग शाही

प्रकाशित मिति:

काठमाडौंः नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले पहिला गुट जोगाउने कि कांग्रेस जोगाउने भन्ने गम्भीर भएर सोच्ने बेला आएको बताएका छन् । नेपालतारा अनलाइनसँग कुरा गर्दै महासचिव शाहीले भने जुनसुकै बाहानामा आफू र आफ्नो गुट जोगाउने बाहेक कसैले पनि पार्टी जोगाउने कुरा गरेको छैन् । त्यसैले आजको खाँचो भनेको कांग्रेसमा बृहत भाबनात्मक एकता र अधिकतम सहमतिमा पार्टी संचालन गर्नु को विकल्प छैन् । उनले पार्टीभित्र रहेको गुटप्रति आक्रोश पोख्दै भने, ‘न रह्यो बाँस न रह्यो बाँसुरी भन्या जस्तो कांग्रेस नै नरहे गुट मात्र बाँकी रहेर के अर्थ होला र ? उनले पार्टी गुट र उपगुटले एक दिन सबैको सर्वनास बाहेक अरु केही नहुने बताए ।