काँग्रेसले बिधान मस्यौदालाई आज अन्तिम रुप दिने

प्रकाशित मिति:

काठमाण्डौ मंसीर, २५ ।

सोमबार बसेको बैठकमा प्रतिवेदन पेश गर्न संयोजक तथा पार्टी उपसभापति विमलेन्द्र निधिले प्रयास गरेको बुझिए पनि पेश हुन सकेन । जसलाई आज बिहान ११ हुने बैठकमा प्रस्तुत गरिने पार्टीले जनाएको छ ।

आन्तरिक बिवादका कारण काँग्रेस केन्द्रीय समितिमा छलफल सकिएको विधान मस्यौदालाई अन्तिम रूप दिन पार्टीमा समस्या देखिएको छ। केही दिनयता विधानमाथि केन्द्रीय सदस्यले राखेको धारणालाई समेटेर विधान मस्यौदालाई महासमिति बैठकमा पेश गर्न योग्य बनाइनुपर्ने भए पनि नेताहरू गुटगत रूपमा विभाजित हुँदा समस्या थपिएको हो । सोमबार को बैठकमा विधानलाई अन्तिम रूप दिने भनिएको भए पनि सभापति शेरबहादुर देउवाले विधानलाई बैठकमा एजेन्डाको रूपमा प्रस्तुत नै नगरि पार्टीको समग्र आर्थिक नीतिमाथि छलफलको एजेन्डामात्रै प्रस्तुत गरे जुन पारित समेत भएको छ ।

विधान मस्यौदालाई आ-आफ्नो पक्षमा बनाउन संस्थापन पक्ष र असन्तुष्ट पक्ष क्रियाशील देखिएको छ। कांग्रेसको यही २८ गतेदेखि हुने महासमिति बैठकमा प्रस्तुत हुने उक्त विधान मस्यौदा सभापति देउवाले बहुमतमा पारित गर्ने बाटो भएपनि महासमितिमा गएर विधान रोकिने डर पनि सभापति समूहमा छ। महासमितिमा विधानलाई पारित गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ।

केन्द्रीय समिति बैठकबाट सर्वसम्मत मस्यौदा पारित हुँदा असन्तुष्ट समूहले विधान मस्यौदा आफू अनुकुल बनाउन निकै मुस्किल देखिएको छ। किनभने, असन्तुष्ट समूहका नेताहरू बैठकमा कमै मात्र उपस्थित हुने गरेका छन्। राजनीति प्रतिवेदन मस्यौदा बनाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रतिवेदन प्रस्ताव लेखन समिति पनि बनेको छ। तर, उक्त समितिले अहिलेसम्म केन्द्रीय समितिमा प्रस्ताव पेश गर्न सकेको छैन।
सोमबार बसेको बैठकमा प्रतिवेदन पेश गर्न संयोजक तथा पार्टी उपसभापति विमलेन्द्र निधिले प्रयास गरेको बुझिए पनि पेश हुन सकेन । जसलाई आज बिहान ११ हुने बैठकमा प्रस्तुत गरिने पार्टीले जनाएको छ ।