माओवादी केन्द्रको गण्डकी अध्यक्षमा गायत्री गुरुङ

प्रकाशित मिति:

कास्की – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।शनिबार पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रदेश समितिको प्रथम अधिवेशनले उनको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।अध्यक्षमा चयन नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक पनि हुन् । उनी अखिल नेपाल महिला सङ्घ९क्रान्तिकारी०को केन्द्रीय सचिवको जिम्मेवारीमासमेत छिन् ।

गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरेकी छिन्।अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छैन । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् ।

माओवादी केन्द्रले शनिबार एकै दिन सात प्रदेशको सम्मेलन सुरु गरेको थियो ।