गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

प्रकाशित मिति:

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी ९एमएमसी० लाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहबरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङ मर्स्याङ्दीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।

पोखरामा आयोजना हुन लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगिताका लागि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । मनाङ मर्स्याङ्दीलाई सहयोग स्वरुप प्रदान गरिएको रकम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा विनियोजन गरेको थियो ।

सम्झौताअनुसार एमएमसीले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद गण्डकीसँग मिलेर प्राविधिक लगायतका काम गर्ने छ । युवा तथा खेलकुद मन्त्री गुरुङले एमएमसीसँगको सम्झौतापछि प्रदेशमा यूवा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । उनले प्रदेश सरकारले एमएमसीलाई १० लाख रकम व्यवस्थापनका लागि गरेको सहयोगसँगै भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।