नयाँ शक्ति रुपन्देहीको गैडहवा गाउँपालिका संयोजकमा अजय तुल्लाह भाट

प्रकाशित मिति:

बुटबल  २९ मंङसिर \नयाँ शक्ति नेपाल रुपन्देहीको गैडवाल गाउँपालिको भेलाले अजय तुल्लालाई गाउँपालिकाको संयोजक चयन गरेको छ । भेलाले तुल्लाको नेतृत्बमा २५ सदस्यीय कमिटी समेत निर्माण गरेको छ । जसको सह संयोजकमा मिश्री यादब चयन हुनुभएको छ । भेलालाई नयाँ शक्ति प्रदेश नं. ५ का प्रवक्ता तथा केन्दिय कार्यसमिति सदस्य मनिकर कार्कीले पार्टी केन्दको ५ महिना, ५ काम ,५ परिमाण अभियानलाई पूर्ण रुपमा सफल बनाउनका लागि पनि संघाठनिक गतिबिधि अगाडि बढाउन अबाश्यक रहेको बताउनु भयो । रुपन्देहीका संयोजक किस्मत बिकले देशमा वैकल्पकि शक्ति आबश्यक रहेको बताउदै नयाँ शक्तिले उक्त कुरालाई जसरी पनि पुरा गर्ने दाबी गनुभयो । भेला रुपन्देहीक आर्थिक बिभाग प्रमुख नर बहादुर सुनार , लगायतको सहभागिता रहेको थियो ।