संघीय संसदको हिउँदे अधिवेशन आह्वान

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन्।  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ११ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ। संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन्।